परिवेश Read Count : 134

Category : Poems

Sub Category : N/A
आलश्यको मुकुट पहिरिएर
उप्पर खुट्टी नलगाउ
देश कै खातिर बाच्ने भए
पौरखी बन्न नलजाउ।
हाम्रा पूर्वजले नङ्ग्राको माटो कोट्याएनन्
चरचरी धाजाँ फाटेक कुर्कुच्चामा
बोरोपल्स र क्र्याक किरीम लगाएनन्,
तरै पनि हाम्रा बा हरु
हामी भन्दा बलवान अनि स्वास्थ्य छन।
फाटेको दौरा अनि चोली लगाएर पनि
चाड पर्वहरू मानेकै हुन्थे,
ढुंगा माटो र पाइतलाको सम्झौता
प्रतिपल गासेकैँ हुन्थे।
हामी त युगले थिचेको भन्छौ
कम्प्यूटर ले खिचेको भन्छौ
खै,,,,,,के भयो र!
हाम्रो परिवेश।
त्यसैले,,,,,,,,,,,,,,
पौरखी बन्नु पर्छ
स्वस्थ नै धन हो।।
कर्म गर्नुपर्छ
यहि नै हाम्रो सान हो।।

Comments

  • No Comments
Log Out?

Are you sure you want to log out?