Gazals(गजलहरु)
Read Count : 243
Category : Poems
Sub Category : N/A
गजल-१ किस्ता किस्ता गरेर जोडेको कस्ती डुबेपछि काँडाहरु फुलको बिरुद्ध एक भएर जुटेपछि। यहाँ घर्ती डराउँछ,बसन्त...बलात्कृत हुन्छ जब मृत्युका धुनहरु पात पातमा फुलेपछि। नदीका किनारहरु....छाल बिना मौन रहेझैँ हरेक जिब बिरोजगार बन्छन् संबन्ध गुमेपछि।O मानौं जुन धाम ताराबिना अन्धकार भएझैँ यहाँ हरेक मन अँध्यारो हुन्छ घातले पुजेपछि। गजल-२ छाती अठ्याई धड्कन रोक्दै हिँड्छ मान्छे कहिले सम्म फुटेको मुटुबाट रगत खोक्दै हिँड्छ मान्छे कहिले सम्म कहिले भिज्दै निथ्रुक्क भई घातै घातको पसिना छुटाई उजा'डिएको मन बोक्दै हिँड्छ मान्छे कहिले सम्म हुरी बतासको के कुरा काँडाहरु'लाई परास्त गर्दै बिना डर आफ्नै आयु तोक्दै हिँड्छ मान्छे कहिले सम्म च्यातिएका प्रेम पत्रहरु आर्य घाटमा दाहा संस्कार गर्दै जिवन विनासको मदिरा धोक्दै हिँड्छ मान्छे कहिले सम्म गजल-३ गणितीय योगफल नमिल्दा संवन्ध तोडिन्छ यहाँ अनि केरमेट गरेर नाजायज संवन्ध जोडिन्छ यहाँ। हरेक दिन जोड घटाउ हुन्छ विश्वास र घातको त्यसैले त मघ्य रातमा संवन्ध फोडिन्छ यहाँ। उता घटाएर यता जोड्नुपर्ने तर उतै जोडिएपछि उतैतिर बेईमानी मलजल लगाउँदै संवन्ध गोडिन्छ यहाँ। गणितीय उत्तर नखोजेर प्रश्न चिन्ह खडा गर्दै हाँसीहाँसी नजर घुमाउँदै बाटैमा संवन्ध छोडिन्छ यहाँ। गजल-४ आँशुको मोल चाहिए आउ सोध मेरा अधरलाई कस्ले देख्यो र आँशुमा डुब्दै हाँसेको नजरलाई। बादलले गगनलाई धुरुधुरु रुवाएझैँ कति रोएथेँ रुवाई बिते कयौँ पलहरु विश्वास गर्दा बगरलाई। मान्छेको कर्म नजाती धर्म अनि मर्म नजाती घातले बिष्फोट गरियो मनको शुन्दर शहरलाई। ईमान बेचेर मान किन्नेहरु प्रेमको रोष्टम घेरेर ....add here........ It's for you। गजल-५ मान्छेले सिर्फ हेर्दछ अधरलाई अनि बहिष्कार गर्छ कदरलाई। अमृतँ भनौँ त नामै काफी छ तर प्यालामा भर्छ जहरलाई। विश्वासको त कुरै नगरौं हुँदैन स्विकार्नु पर्छ झुटा खबरलाई। फरक फरक सोच भएर होला सम्हाल्नै पर्यो मनको नगरलाई। गजल-६ बादल बनि आकाश माथी डुल्न पनि सक्दिन म मन बुझाउन प्याला बोकी झूल्न पनि सक्दिन म। सुनका बाला हातमा दिँदै तिमी मेरी प्रिये भन्दै खुशी पार्न सुनगाभा झैँ फुल्न पनि सक्दिन म। बिश्वास धातको तिर लाग्दा जब बेहोस बनेपछि रातको जुनझैँ खुसी छर्दै खुल्न पनि सक्दिन म। फुल दिँदा काँडा सुम्पि यो छाातीको चौराहामा हाँस्दै गाड्या निर्दयी नेल भुल्न पनि सक्दिन म। गजल-७ "जिन्दगी" जिन्दगी बेरंग बनेर पनि रंगहरु खोजिरहन्छ चुपचाप हाँसी खुशी दर्दका गरुंगा भारी बोकिरहन्छ चुपचाप। यहाँ काँडाहरु डराउँछन् खाली पाउका रेखाहरु देखेर मुसुक्क हाँस्दै सत्रुसंग पनि नाता जोडिरहन्छ चुपचाप। ठोक्किँदै हुरी बतास भेल बाडीमा अनि ढुंगाहरुमा बाँच्ने आश बोकेर मृत्युलाई पनि रोकिरहन्छ चुपचाप। हरेकपल संघर्षका नारा लगाउँदै मौनताको छाता ओढेर खाली पेटमा पटुकी कस्दै इतिहास कोरिरहन्छ चुपचाप। गजल-८ स्वार्थको बग्गी चढेर प्यास मेट्ने,नारदमुनि'हरु हो दिउँसै दाउरा चोरेर जाडो थेग्ने,नारदमुनि'हरु हो। युद्ध गर्नै बाँकी छ,आखिर,लुकेर हाँस्छौ पो कति खुनको नाता भूलेर छाती टेक्ने,नारदमुनि'हरु हो। दुधले नुहाउ या अमृतले गधा कहिलै गाई बन्दैन लुकि छिपी रत्यौ'ली खेल्ने नारदमुनि'हरु हो। यता तोडी उता जोड्नेको हेर्नुछ भोलिको भविष्य समाज यही त हो पात्रो लेख्ने नारदमुनि'हरु हो। गजल-९ धर्ति एकै हो जुन घामको,तर प्रहर फरक पर्यो मान्छे सबै एउटै भएनी,हेरिने नजर फरक पर्यो। रातै छ रगत सबैको,चाहे कालो होस या गोरो बोलिले मख्ख पारेनि,देखिने अधर फरक पर्यो। फुल पाती भेटी चढाउँदै,मूर्ति पुज्दैमा हुन्छ के ? घृणा बडेर मन्दिरमा,ईस्वरको सफर फरक पर्यो। प्रेमको ढोका बन्द गरेर,घृणित ढोका खोल्नाले रितिथिति र संबन्धमा, गरिने कदर फरक पर्यो। गजल-१० माथि'बाट छहराले, छर्या पानी छुँदा'खेरी तल ढुंगा पिडा बाँड्दै,रोए'सरी रुँदा'खेरी। थाहा हुन्छ जिवन के हो ठोक्कि'एर ढल्दा आँफ्नै आँशु पोखिएर,मन मुटु धुँदा'खेरी। दुनियाँ परै छोडी हिँड्दै जाँदा ठेस लाग्छ रिति'थिति परम्परा,छाती फुटी चुँदा'खेरी जन्म कर्म जता जहाँ भए पनि मान्छे एकै श्राप लाग्छ कुनै दिन,अहंकारी हुँदा'खेरी। गजल-११ संगै हिड्दा काँडा'हरु.....,पाउ'भरी बिजे'पछी धर्तिनै उजाड हुँदो'रैछ, बेईमा'निले पिटे'पछि। भन्नु के नै रयो यहाँ...फुलले पनि घोच्दो रैछ सिसासरी नाता टुटाई,बसाई सर्दै हिडे'पछी। घर फूट्छ थर छुट्छ,मुटु हुन्छ छिया'छिया यता माया देखाएर,आत्मा अन्तै मिले'पछि। छाती दुखाई खोटी माया,नगर्नु नै जाति'रैछ जब फूल दिँदा'खेरि,काँडाले पैँचो तिरे'पछि। गजल-१२ कोमल ह्रदयमा काँडा बिज्छ अनि घात हुन्छ यताको माया उता.....मिल्छ अनि घात हुन्छ। मन्द मुस्कान छरेर बेइमानी औंला चलाउँदै सर्वस्व सारा अर्कैलाई दिन्छ अनि घात हुन्छ। मिठो बोली बचन यहाँ गर्नै हुन्न आँखा तर्दै क्रोधित बनेर आँफैले जित्छ अनि घात हुन्छ। बाटोभरी काँडा छर्दै पिडा दिन्छन् अरुलाई आँफू फूलै फूलमा हिड्छ अनि घात हुन्छ। गजल-१३ संझौता गरेर जिवनमा कयौंचोटि हारेर बाँच्नुपर्छ नचाहँदा नचाहँदै नयनबाट आँशु झारेर हाँस्नुपर्छ (तडप)२ तड्पँदै चिसो कोठालाई अंगालो हालेर रातमा तेलबिनै दियोको सलेदो सारेर जाग्नुपर्छ। प्रेमको नाममा घातक आँकुरा पलाउँन थालेपछि जिवनका ति सिमानाहरु माया मारेर काट्नुपर्छ। मुस्कान छरेर यौवनको खोट बोक्नेको भिडमा पछाडि को आउँदैछ होसियारले कदम चाल्नुपर्छ गजल-१४ दिन दयालु छैनन् कोही......छुँदै ठेल्छन् अंगहरु निर्दयी नसालु नयन डुलाउँदै मात्रै हेर्छन् अंगहरु। आँफू सुत्छन् सुख सयलमा ढल्कि ढल्कि मस्केर सुम्पदै पिडाहरु अरुलाई काँडाले रेट्छन् अंगहरु। मान्छेको जात नजाति घाँटी रेटेर बलि चढाउँने बजारमा झ्याली पिट्दै सुनझै बेच्दछन् अंगहरु। यहाँ को असल को खराब सक्छौ त छुट्याई हेर हातमा ग्रन्थ बोक्ने'हरुलेनै सधैँ टेक्छन् अंगहरु। गजल-१५ घात अनि प्रतिघात सहेर,बाँच्नेहरुको युग रहेछ छाती कुल्चेर पाइला'ती,चाल्नेहरुको युग रहेछ। मलम पट्टिको के कुरा,आलो घाउमा चुक छरेर मुर्दा र मलामीबिच नाँच्दै,हाँस्नेहरूको युग रहेछ। प्रेम सत्भाव छैन यहाँ,मरुभूमिझैँ लाग्छ हरपल ईर्ष्यालु भावनाले आगो,ताप्नेहरुको युग रहेछ। कुल्चँदै फाँडिन्छन् संबन्ध यहाँ,भस्मे फाँडे'सरी रोप्नुको सट्टा हरिया रुख,काट्नेहरुको युग रहेछ। गजल-१६ हार्नेहरु सधैँ हारिरहे खै जित्नेले पो के पायो भजन गाउँदै झ्याम्टा झ्याली पिट्नेले पो के पायो। जित्ने पनि उही मान्छे.....हार्ने पनि त उही उनको मेरो प्रेमको सिमाना मिच्नेले पो के पायो। अलग थिए गर्वधारण तर जन्मेपछि एउटै माटो फेरि नातावादका पत्ती'हरु फिस्नेले पो के पायो। आखिर मानव सबै एउटै मर्दा जाने एउटै धाट मुर्दाको पनि स्वाट्ट मुटु झिक्नेले पो के पायो। गजल-१७ अन्तिम लडाई हो यो मेरो जितिन्छ या हारिन्छ युद्ध मैदानको प्रांगण माँझ मरिन्छ या मारिन्छ। घर ढल्यो शहर जल्यो मरे बाँच्ने आधारहरू अब प्रेम बिहिन ज्वालाभित्र परिन्छ या पारिन्छ। गरिए धेरै सम्झौताहरु तर सबै खरानी लाग्छ अब महासागर तरिन्छ या तारिन्छ। संगसंगै पाईला सार्दा फुलको धारले घोचेपछि साँच्चै आर्यघाटमा बसाई सरिन्छ या सारिन्छ। गजल-१८ "खुट्टाहरू" हिँडेर कहिलै नथाक्ने खुट्टाहरू नेल भन्दैनन् हिडिरहन्छन् हुरी बतास..अनि भेल भन्दैनन्। चाहे क्याक्टसको शयन लगाईयोस चिन्ता छैन आईया भन्दै झुकेर मलमका लागि तेल भन्दैनन्। बाटोभरी भेटिन्छन् काँचका गुलाब दिनेहरू चुपचाप स्विकार गर्छन् कसैको खेल भन्दैनन्। पिडा माथि पिडा बोकेर हिँड्नुनै उस्को पहिचान रातमा तिरस्कृत परिकार पाक्ने जेल भन्दैनन्। गजल-१९ युद्ध हो उसको चुपचाप रहु अगि सर्न देउ सक्छौ साथ देउ नसके...गर्नेलाई गर्न देउ। छिमेकीमा फुल फुल्दा राम्रो पक्कै भन्छौ त्यसैले त फुल्ने फुललाई सुबास छर्न देउ। उस्को आँगन सिँगारिँदा तिमी पनि हाँस्छौ याद गर उताको सिंगारपटार यता तर्न देउ। केको लागि तेरो मेरो आखिर मान्छे एउटै पहिचान बँच्छ भने शत्रुमाथी जाई पर्न देउ। गजल-२० पत्थर सम्झिएर फाल्यो अनि साँच्चै डराईदिएँ। फालीझैँ आरनमा झान्यो अनि फेरी कराईदिएँ। कहिले रेट्यो खुर्पेटोको रेतिले धार रेटेसरी छातीमा करुवा गाड्यो अनि एक्लै बर'बराईदिएँ। नाना'थरी गाली गर्दै आँगन बिचमा पल्टाएर बन्चरोले छाम्दै काट्यो अनि पिडामै हराईदिएँ। सालको मुंग्रो हातले समाई ड्याम्म ड्याम्म पार्दै पछिबाट ठेडी खाँद्यो अनि आँखा तराईदिएँ। गजल-२१ घातले फाटेको छाती टाल्दै छु जोड्न नआउ फेरी टुटेको मन सम्हाल्दै बाँच्दै छु सोध्न नआउ फेरी। आँशुका थोपाहरु पुछी आँफ्नै दुनियाँमा रमाउँदै खुशी सापट लिएर हाँस्दै छु खोस्न नआउ फेरी। तिम्रो हात समाई हिँड्न खोज्दा जब लत्याएपछि एक्लै बाटोमा पाउ राख्दै छु रोक्न नआउ फेरी। दुई किनारा भएर हिँड्नु छ सदियौं नभेटिने गरि त्यसैले लक्ष्मण रेखा तान्दै छु बि'थोल्न नआउ फेरी। गजल-२२ बादल बनेर आकाश माथी डुल्न पनि सक्दिन म मन बुझाउन प्याला समाई झूल्न पनि सक्दिन म। सुनका बाला दिएर रंगाउँदै ति कोमल हात'हरुमा कसैलाई खुशी पार्न फुल'झैँ फुल्न पनि सक्दिन म। बिश्वास धातको पिडाले जब जिउँदै मरेतुल्य छु भने धर्ति हँसाउँदै रातमा जुनझैँ खुल्न पनि सक्दिन म। जब फुल दिँदा काँडा सुम्पँदै ति हातले छाातीमा हाँस्दै गाडेका निर्दयी नेलहरु भुल्न पनि सक्दिन म। गजल-२३ हिँड्दै जाँदा बाटो बिचमै,मसंगको साईनो तोडेउ साँचो माया पाउले कुल्चि,अर्कैसंग साईनो जोडेउ। लाग्थ्यो तिम्रो मेरो साथ,सुनगाभा झैँ फुलिरोस तर आज फुल्नै नपाई,कोपीलामै साईनो गोडेउ। हातेमालो गरी हिँड्दै,अंग चुम्या भुलेउ क्यार भमराझैँ छानी छानी,रस चुस्दै साईनो फोडेउ। दुनियाँको प्यास मेट्ने,आखिर तिमी पानी रैछौ लुटाएर आफ्नै अंग,आखिर अन्तै साईनो मोडेउ। गजल-२४ हारै हारको तकमा दिलाउँछन रंगमन्च धाउँनेहरु हाँसो लुटी आँशु पिलाउँछन रंगमन्च धाउँनेहरु। आखिर मुटु एउटै नहो चाहे कालो होस या गोरो अनुहार हेरेर हात मिलाउँछन रंगमन्च धाउँनेहरु। दिनमा यौवनको पगरी गुथ्दै साट्दै हरेक अंगहरु वा !! रातमा बिष खिलाउँछन रंगमन्च धाउँनेहरु। त्याग र सम्मर्पण खै के थाहा प्रेम बेच्नेहरुलाई प्रेमिकै मुटु रेटेर बिलाउँछन रंगमन्च धाउँनेहरु। गजल-२५ मरेको छुईन म अज्जै निर्धक्कले जिएकै छु जलेको मुटु सेलाउँन प्याला पनि लिएकै छु। जिएरै पिउँछु त्यो प्यालाको हिम्मत बटुलेर धूझा परेको छाती पिडाले भएनी
Comments
- No Comments